पोखरा । नेपाल शैक्षिक परामर्श संघ (ECAN) कास्की शाखाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै स्थापना दिवसको अवसरमा इक्यानले रक्तदान कार्यक्रम गरेको इक्यानका अध्यक्ष रमेश कुमार थापाले जानकारी दिए ।
आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कामलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने थापाले बताए । पोखराको चिप्लेढुंगा स्थित मानव अधिकार चोकमा आयोजना गरीएको बृहत रक्तदान कार्यक्रममा रक्तदाताको उल्लेख्य सहभागिता रहेको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोखरा महानरपालिका ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, रेडक्रस सोसाइटी पोखराका उपसभापति उर्मिला खड्का, इक्यान कास्कीका पुर्व अध्यक्ष तथा केन्द्रीय द्धितीय उपाध्यक्ष भुवन बहादुर क्षेत्री, इक्यान कास्कीका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु, कार्य समिति सदस्यको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष सन्तोष शाहीले स्वागत गरेका थिए ।






Comments are closed.