राउण्ड टेबल नेपालको अध्यक्षमा नितेशकुमार अग्रवाल चयन

काठमाडौं । राउण्ड टेबल नेपालको अध्यक्षमा नितेशकुमार अग्रवाल चयन भएका छन् । राउण्ड टेबल नेपालको २३ औ वार्षिक साधारणसभाले अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन समेत पारित गरेको छ ।
समितिको उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । समितिको निर्वतमान अध्यक्ष राहुल अग्रवाल रहेका छन् ।

राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था हो । संस्था विगत २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यहरुमा संलग्न छ । संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको क्षेत्रमा काम गर्दै आएको छ ।

footwear zone

नव–निर्वाचित कार्य समितिले राउण्ड टेबलले सुरु गरेका कार्यक्रमहरु विद्यालयहरुको स्तरोन्नति, राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकाहरुलाई प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम, तथा १ देश १ लाख विरुवाको नारालाई समेत निरन्तरता दिने भएको छ ।

सदस्यको क्षमता अभिवृद्धि तथा सिप विकासका लागि विभिन्न तालिम तथा गोष्ठीहरुको आयोजना गर्ने बताइएको छ ।

You might also like

Comments are closed.