आर्थिक आवाज
पोखरा, २० चैत । फोर्ड गाडीको फिगोको नयाँ भर्सन बजारमा आएको छ । फोर्ड गाडीको गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको अटोभेन्चर प्रालिले नयाँ फोर्ड फिगोको बुधबार एक कार्यक्रमका बीच लन्च गरेको हो ।
गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले गाडीको बिक्री सुरुवात गरेका हुन् । उक्त अवसरमा बोल्दै उनले फोर्डको नयाँ फिगो धेरै विशेषतासहित बजारमा आएकाले उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सस्तो मूल्यमा आकर्षक विशेषतासहित फोर्ड फिगो बजारमा आउनु उपभोक्ताका लागि राम्रो पक्ष भएको धारणा राखे । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष चन्द्रबहादुर कुँवरले गाडी बिक्री पछिको सेवालाई प्राथकितामा राख्नुपर्ने बताए ।
मौलिक स्टायल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा आएको हिमालय अर्गनाइजेसनका कार्यकारी अध्यक्ष ध्रुवबहादुर थापाले बताए । नयाँ फिगोको मूल्य २४ लाख ९९ हजार रुपैयाँ मात्र रहेको उनले जानकारी दिए ।

नयाँ फोर्ड फिगोका विशेषताहरु
– नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी ठूलो सानो परिवर्तन, आकर्षक डिजाइन, अगाडि र पछाडिको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्राण्ड न्यु इन्टिरियेर
– नयाँ फिगो रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गर्दै नयाँ १.२ लि. पेट्रोल र १.५ लि. डिजेल इन्जिनका साथ
– आफ्नो श्रेणीमा नै उत्कृष्ट शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्क्रिन
– पूर्णतया सन्तुष्टि तथा अद्भुत मितव्ययी स्वामित्वता
फोर्ड फिगो अति लोकप्रिय तथा विश्वासिलो अब अझ परिमार्जित तथा ताजा अवतारमा २०१९ संस्करणको फोर्ड फिगो नेपालमा अन्य ब्राण्डका तुलनामा सस्तो रहेको अर्गनाइजेसनका प्रवन्ध निर्देशक मीलन थापाले बताइन् ।
१२०० भन्दा बढी शुक्ष्म तथा ठूला परिवर्तन तथा परिमार्जनका साथ आकर्षक बाहिरी र आरमदायी भित्री बनावट, सुरक्षा सम्बन्धि उत्कृष्ट प्रविधि शक्तिशाली इन्जिन फोर्ड फिगोको सवारीलाई अझ बढी उत्कृष्ट र रमाइलो बनाइने विश्वास लिइएको छ ।
नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङहरुमा उपलब्ध हुनेछ ।
फोर्ड फिगो प्रथम गाडी खरीदकर्ता तथा आफ्नो मूल्यको पूर्ण लाभ खोज्नेहरुको लागि पहिलो रोजाइको रुपमा रहँदै आएको छ । नयाँ संस्करणमा यी गुणहरुका साथै आजको आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै स्मार्ट टेक्नोलोजी तथा विशेषताहरु समावेश गरी ग्राहकवर्गलाई अझ बढी सन्तुष्टि प्रदान गर्न परिमार्जित रुपमा ल्याएको कम्पनीले जनाएको छ ।
शक्तिशाली इन्जिन र उत्कृष्ट सवारी
फोर्डको विश्वव्यापी Fun to drive दर्शनका साथ नयाँ फिगोमा हलुका, इन्धन उपयोगी
३ सिलिण्डरयुक्त 1.2 L. TiVCT पेट्रोल इन्जिन जडान गरिएको छ । यो नयाँ प्रविधियुक्त इन्जिनले 96 PS Power, 120 Nm torque प्रदान गर्दछ । साथै डिजेल गाडीका पारखीहरुका लागि 1.5 L. TDCi इन्जिन जडान गरिएको छ जसले 100 PS power / 215 NM torque प्रदान गर्दछ र इन्धन खपत मात्र २५.५ कि.मी.÷लि.रहेको छ । यी दुवै इन्जिनयुत्त फोर्ड फिगो ५ – स्पीड ट्रान्समिसनमा उपलब्ध हुनेछ र यो पहिलेको भन्दा १५ प्रतिशत हलुका हुनुका कारण बढी इन्धन बचत हुनेछ । साथै पहिलेको संस्करणहरु भन्दा नयाँ फिगोमा करिब ४० प्रतिशत कम गेयर आयलको उपभोग हुनेछ ।
नयाँ फिगोमा धेरै नवीन प्रविधिहरु थपिएका छन् जसले सवारीलाई आरादायी बनाउनुका साथै बढी सुरक्षित पनि राख्न मद्दत गर्छ । फिगोको सबै मोडेलमा दुईवटा एयर ब्याग राखिएको छ । यसका साथ सुरुक्षालाई अझ सशक्त बनाउन Anti – lock braking system (ABS),Electronic stabling program (ESP) ले गाडीलाई मोडहरुमा हाक्न पनि सजिलो बनाएका छ र समग्रमा फोर्ड फिगो चलाउन एक रमाइलो र आरादायी गाडीको दर्जामा रहने विश्वास लिएको छ । चालक तथा यात्रुको मनोरञ्जनका लागि यसमा ७ इन्चको टचस्क्रीन सिस्टम राखिएको छ ।
विश्वासको गौरवमय इतिहास
फोर्ड फिगो इ.सं. २००९ मा पहिलो पटक भारतमा उपलब्ध थियो र यसलाई २०११ म भारतका अटो सम्बन्धि विज्ञहरुको प्यानलले INDIAN CAR OF THE YEAR घोषणा गरेको थियो ।
यस पश्चात अहिलेसम्मको Next-Gen फिगोसम्म आइपुग्दा फिगोले इश्र्यालाग्दो रुपमा पुरस्कार, अवार्डहरु प्राप्त गर्दै आएका छन् । फिगो अहिले सम्मकै बढी अवार्ड प्राप्त गर्ने गाडीको रुपमा रहेको छ ।
नयाँ फिगो– सात विभिन्न रङ White gold, Moondust silver, Smoke grey, Absolute Black Deep Impact Blue, Ruby Red and Oxford white मा उपलब्ध छ ।
प्रतिस्पर्धात्मक बजार
नयाँ फोर्ड फिगो सानो गाडीको प्रतिस्पर्धात्मक बजारमा फेरी अव्बल भई निस्कने विश्वास लिएको छ । यस श्रेणीमा अरु गाडीह रुको प्राय इन्जिन क्षमता, अधिकतम डछ एक् एयधभच प्रदान गरेको छ । साथै नेपाल जस्तो देशमा अति जरुरी ग्राउण्ड क्लियरेन्स यसमा १७४ मि.मि. रहेको छ भने अरु प्रतिस्प्रर्धामा यो अधिकतम १७० मि.मि. रहेको छ । साथै नयाँ फोर्ड फिगोमा अरु स्मार्ट फिचर्सहरु राखेको छ जुन ठूलो र महङ्गो गाडीमा मात्र देख्न सकिन्छ त्यो पनि विशेष मूल्यमा जुन बजारमा एक प्रतिस्पर्धामुखी छन् । माथिका कारणहरुले फोर्ड फिगोले नेपाली बजारमा सकारात्मक परिवर्तन ल्याउने कम्पनिले जनाएको छ ।
फोर्डको नयाँ फिगो बजारमा ।
Gepostet von Arthik Awaj am Mittwoch, 3. April 2019




Comments are closed.