पोखरामा २३ वर्षपछि बाघजात्रा निकालिदै

पोखरा । पोखरामा बाघजात्रा निकाल्ने तयारी गरिएको छ । यसअघि २३ वर्ष अगाडी सो जात्रा निकालिएको थियो । बाघजात्रा आयोजक समितिले आज पोखरामा पत्रकार सम्मेलन गरेर विविध कारणले हुन नसकेको बाघजात्रालाई २३ वर्षपछि यही भदौ १८, १९ र २० गते निकाल्न लागिएको जानकारी दिएको छ ।

पोखरामा भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा हुँदै आएका छन् । यी जात्राहरुको तुलनामा बाघजात्रा कम भएको महशुस गरेर यसपालि बाघजात्रा निकाल्न लागिएको र यसलाई निरन्तरता दिने सोंचमा रहेको समितिका संयोजक जवाहरलाल श्रेष्ठले बताए ।

बाघजात्रा पहिलो पटक २०५७ सालमा मोहरियाटोलले आयोजना गरेको थियो । त्यसपछि निकालिएको थिएन । यसपटक पोखरा महानगरपालिका तथा नेवाः खल कास्कीको संरक्षकत्वमा निकाल्न लागिएको हो ।

footwear zone

विशेष नेवारी समुदायले निकाल्ने जात्रा भएपनि यी नेपालका सम्पती हुन् र पर्व वा जात्रा नेपालीका साझा हुन् । संयोजक श्रेष्ठले भने, बाघजात्रामा नेवारी समुदायसंगै अन्य जातजातीहरुको सहभागिता हुँदैछ । अब यसलाई प्रत्येक ६ निरन्तरता दिने लक्ष्य राखिएको आयोजक समितिको भनाई छ ।

यसपटक बाघजात्रालाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य तथा वडाहरु र नेवाः खलः कास्की अन्तर्गत रहेका भातृसंस्थाहरु तायाःमचा समिति, कचा खलः, ल्याम्ह पुच तथा मिसा पुचहरुको सहयोग रहने बताईएको छ ।

बाघजात्राका लागि मुस्ताङबाट आलंकारिक राजारानी, मगर समुदायका अगुवा आउने भएका छन् । नेपाली सेनाबाट जगेडामा रहेका सैनिक पोशाक उपल्वध भएका छन् । यस्तै शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्य मिलाईएको छ ।

यस्तै उपत्यकाको भक्तपुरबाट त्यहाँकोस्थानीय जात्रा घिन्ताघिसिको ५० जनाको टोली पोखरा आउने भएको छ । जात्रामा बागलुङबाट हनुमान नाच आउने संभावना रहेको समितिले जनाएको छ ।

बाघजात्राको संरक्षक संस्था नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले हाम्रा चाडपर्वहरुमा सबैको सहभागिताले मनाउने परम्परा बढेको बताए । उनले बाघजात्रालाई महोत्सवको रुपमा लिनुपर्ने र पर्यटनसंग जोडेर लैजान आवश्यक भएको बताए ।

समितिका सचिव सुनिल उलकले पौराणिक कालमा राजाहरुको पालाबाटै यो जात्रा देखाउने चलन बसेको हो । उहिले राजाहरुले जनता कसैलाई दुःख, समस्या परेको खण्डमा त्यसको समाधानका लागि विभिन्न नियम र चलन बसाएको पाइन्छ ।

बाघजात्रा पनि पूरानै किम्वदन्तिमा आधारित छ । उ समयमा बाघ बस्तिमापसेर सताउन थालेपछि राजाले जनतालाई बचाउन उसलाई बस्तिबाट भगाउन वा मार्न हुम गरेका कुराहरु बाघजात्रामा बाजाको तालसंगै देख्न पाईने छ ।

भाद्र १८ र १९ गते हरेक दिन नेवाः छेबाट शुरु भई पोखरा शहरमा बाघजात्रा देखाईने छ भने भदौ २० गते पोखरा रंगशालामा अपरान्ह ४ बजे औचिारिक रुपमा बाघलाई कलात्मक बाजाको तालसंगै मारेर रमाईलो गरेर समापन गरिने भएको छ ।

कार्यक्रम बाघजात्रा समिति पोखरा अध्यक्ष जवाहरलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो भने संचालन शान्ति उदासले गरेकी थिईन् ।

You might also like

Comments are closed.