पृथ्वीनारायण क्याम्पसले मनायो ६४औं वाषिकोत्सव

पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराले स्थापनाको ६४औं वाषिकोत्सव मनाएको छ । आइतबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा क्याम्पसले वार्षिकोत्सव मनाएको हो ।

क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पूर्व सभापतिसमेत रहेका आचार्य व्यवस्थापन समिति सदस्य पनि हुन् ।

श्रीखण्डको बिरुवा रोपण तथा झण्डोत्तलनसहित वार्षिकोत्सवको मूल समारोहको उद्घाटन गरिएको छ ।

footwear zone

क्याम्पसले नेपालको शैक्षिक इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको मेयर आचार्यले बताए । नेपालको शिक्षा क्षेत्रमा पृथ्वीनारायण क्याम्पसले पुर्याएको योगदान अतुलनीय रहेको उनको भनाइ छ ।

You might also like

Comments are closed.