पोखरामा आयोजित रक्तदान कार्यक्रममा ७२ युनिट रगत संकलन

काठमाडौं । लायन्स क्लब अफ अञ्जुली र लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समुहद्वारा पोखरामा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ७२ यूनिट रगत संकलन भएको छ ।

रत्तदान कार्यक्रमको शुभारम्भ गर्दै रत्तदान अभियन्ता सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले रत्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएको बताए । आफुले २०५५ सालदेखि निरन्तर रत्तदान गर्दै आएको स्मरण गर्दै रक्तदानले आत्मसन्तुष्टिसंगै खुसी दिएको बताए ।

कार्यक्रमका रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले प्रत्येक ३ महिनामा गरीने रत्तदानले शरीर स्वस्थ रहने हुँदा १७ बर्ष माथीका युवाले रत्तदान गर्नुपर्ने बताए । रगतको विकल्प रगतमात्र भएकाले रत्तदान सबैभन्दा पुण्यको कार्य भएको उनले बताए ।

footwear zone

कार्यक्रमको पहिलो रत्तदाता लायन्स क्लब अफ पोखरा अन्जुलीका अध्यक्ष मिना पौडेलको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक ग्लोबल लिडर प्रमुख अमृत शोभा खत्री, डिष्ट्रिक ब्लड कार्यक्रम प्रमुख सन्तोष श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष भावना थापा, सान्त्वना पराजुली, लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समुहका अध्यक्ष एवं कार्यक्रम संयोजक कल्पना वास्तोला, सल्लाहकार विश्व मोहन गौचन, उपाध्यक्ष भगवती गुरुङ, सामुदायिक सेवा केन्द्र जिल्लाका उपाध्यक्ष विष्णु सुवेदी, उपाध्यक्ष साधना थापा लगाएतले रत्तदानको महत्ववारे प्रकाश पारेका थिए । रत्तदान कार्यक्रम सराङकोट बहुउद्देश्यीय सहकारी संस्था, रेडियो सराङकोट र पोखरा महानगरपालिका वडा नं ९ को सहकार्यमा भएको थियो ।

You might also like

Comments are closed.