पोखरा रोयल सहकारीको प्रतिवेदन सार्वजनिक

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन सार्वजनिक गरिएको छ ।

संस्थामा कार्यरत महिला कर्मचारीहरुले एक कार्यक्रमका बीच उक्त प्रतिवेदन सामुहिक रुपमा सार्वजनिक गरेका हुन् । संस्थाको २२औं वार्षिक साधारण सभा यहि २०८० अशोज ६ गतेदेखि ९ गतेसम्म एकाईगत रुपमा विभिन्न स्थानमा सञ्चालन हुने मुख्य प्रवन्धक मीलन ढकालले जानकारी दिए । सदस्यहरुलाई वार्षिक साधारण सभामा भाग लिनका लागि यसभन्दा अगाडी नै सार्वजनिक सूचना जारी गरिसकेको जनाइएको छ ।

वार्षिक प्रतिवेदनमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष रुद्रकुमारी गुरुङबाट प्रस्तुत हुने प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको तर्फबाट हर्कबहादुर गुरुङद्वारा प्रस्तुत हुने समीक्षात्मक प्रतिवेदन, लेखा परिक्षक चार्टड एकाउन्टेन्ट राजकुमार फुँयालद्वारा प्रस्तुत हुने लेखा परिक्षणको प्रतिवेदन र प्रमुख कार्यकारी अधिकृत भीम गुरुङद्वारा प्रस्तुत हुने आ.व.२०८०/०८१ को लागि नीति तथा कार्यक्रम र बजेट समेटिएको छ । संस्थाले उक्त प्रतिवेदनलाई संस्थाको चारवटै कार्यालयमा सम्पर्क गरि लिन सक्नेगरि र संस्थाको वेवसाईट र फेसबुकबाट हेर्न र पढ्न सक्नेगरि व्यवस्थापन गरेको छ ।

footwear zone

 

You might also like

Comments are closed.