उखु किसानले गरे उन्नत जातको उखु खेती अवलोकन

सर्लाही ।  उखुमा  अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण गराएको छ ।
समस्या व्यहोरेर  पनि उखु उत्पादन गरिरहेका जिल्लाका किसानले पछिल्लो समयमा उद्योगले दिनुपर्ने भुक्तानी र सरकारबाट प्राप्त हुनुपर्ने अनुदान नै नपाएपछि उखु खेतीको विकल्प खोज्न थालिएको अवस्थामा  उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण र उन्नत जातको उखुको बीउ वितरण गरेपछि पुनः आफूहरुको मनोवल  बढेको सहभागी किसान माधव थापाले बताए ।
footwear zone
पछिल्लो समय जिल्लामा उखु खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि चिनी उद्योगले जिल्लाका उखु उत्पादक किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन भ्रमण गराएको हो । उद्योगले आफ्नो फार्ममा लगाएको उखु खेतीको अवलोकन गराउनुका साथै अन्तक्र्रियासमेत गराएको अर्की कृषक धनमाया विकले बताइन् । उन्नत जातको उखुको बीउ लगाउन जिल्लाका उखु उत्पादक किसानलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि प्रयोग गर्नुपर्नेमा जानकारी गराइएको उद्योगको प्रशासन शाखाका अधिकारी डाकुरप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार उद्योगले अहिले २८ बिघा क्षेत्रफलमा विभिन्न तीन जातका उखु लगाएकामा र सो स्थलको अवलोकन गराइएको थियो  । उखु उत्पादक किसानको उत्पादन राम्रो भए चिनी उद्योग र किसान दुबैले राम्रो प्रतिफल पाउने  भएकाले आधुनिक प्रविधि प्रयोग गरी उखु खेती गर्नुको विकल्प नरहेको उद्योगका  प्रवन्धक योगनारायण रजकले बताए । उनले भारतबाट ल्याइएको विभिन्न जातका उखु १५ कठ्ठा जमिनमा लगाइएको र उखुको बीउ यो वर्ष विस्तार गरेर २८ बिघामा लगाइएकोे जानकारी दिए । नयाँ जातको उखु रोप्दा उत्पादन बढेर जाने र किसानको आम्दानी वृद्धि हुने उद्योगले जनाएको छ ।इन्दुशकरले २८ विघामा तयार पारेको उखुको बीउ करिब एक हजार पाँच सय बिघा जमिनमा रोप्न पुग्ने उनले जानकारी दिए ।

उन्नत जातको उखु लगाउन प्रोत्साहन गर्न,उखु उत्पादक किसानको मनोवल बढाउन, उत्कृष्ट उखु उत्पादक किसानहरुलाई भ्रमणसहित उखु उत्पादक गर्ने तरिका सिकाउने, उपलब्ध बिउ वितरण गर्ने, परम्परागत उखु उत्पादक प्रणालीलाई परिवर्तन गरी आधुनिक प्रविधियुक्त तरिकाबाट उखु उत्पादनतर्फ आकर्षित गर्ने  भन्दै इन्दुशंकरले उखु उत्पादक किसानहरुलाई स्थलगत अवलोकन गराएको हो ।

सो क्रममा सात सय बढी किसानलाई उन्नत जातको उखु लगाउने तरीका र विभिन्न जातका उखु लगाउँदा हुने उत्पादनलगायत विषयमा जानकारी गराउननाका साथै  अपनाउनु पर्ने सावधानीका विषयमा प्रशिक्षण दिइएको उद्योगले जनाएको छ । रासस

You might also like

Comments are closed.