काठमाडौं । लिटमस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको इकोवायर जेडएच (Ecowire–ZH) सार्वजनिक तथा बिक्री वितरणको घोषणा गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच वायर सार्वजनिक गरिएको हो ।
स्थालोजनमुक्त इकोवायर जेडएच नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहने कम्पनीले दावी गरेको छ । ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिने कम्पनीले विश्वास दिलाएको छ । विद्यालय, अस्पताल, मल, सिनेमा हल, मनोरञ्जनात्मक स्थल वा कार्यालय जस्ता आवासीय भवनहरु वा व्यावसायिक स्थलहरुमा यो वायर जडान गर्दा आगलागीका जोखिमलाई कम हुने कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै लिट्मस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निर्देशक रोहित गुप्ताले लिट्मस इकोवायर जेड एच नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार रहेको बताए । ‘ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ नयाँ प्रविधि तथा नवीनतम उत्पादनहरु बजारमा ल्याउनेछौं,’ उनले भने ।

लिटमस इन्डस्ट्रिज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिमस ईकोवायर जेडएचको विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकले यो उत्पादनलाई विश्वास गर्न सक्ने बताए । ‘कम धुवाँ र उत्सर्जन मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको छ,’ उनले भने, ‘यसको खीया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ । विशेष रूपमा, उत्पादनको पर्यावरण मैत्री डिजाइनले यसको दिगोपन र जिम्मेवारीलाई रेखांकित गर्दछ । यो वातावरणीय रूपमा सचेत उपभोक्ताहरूको रोजाई बन्न सक्छ ।’
ईकोवायर जेडएच नेपालमा पहिलो पटक उत्पादित आगो प्रतिरोधी, खीया नलाग्ने र पर्यावरण मैत्री शून्य ह्यालोजन भएको तार रहेको कम्पनीले जनाएको छ । ‘आगलागी हुँदा यो वायरले न्यूनतम धुवाँ उत्पादन गर्छ, जसले सुरक्षित निकासी र उद्धार टोलीहरूद्वारा तीव्र उद्धार गर्नमा मद्दत गर्नेछ,’ उनले भने, ‘यसको आगो प्रतिरोधले आगोको फैलावटलाई रोक्छ, नियन्त्रण र सुरक्षा बढाउँछ साथै यो तार जनमैत्री, पर्यावरण मैत्री, र ओजोन मैत्री पनि छ ।’

ह्यालोजन फ्री फायर रेडिएसनको अद्वितीय संरचनाले आगोको समयमा संरचनात्मक विशिष्टता सुनिश्चित गर्दै विषाक्त धुवाँ र खतरनाक ग्याँसहरू कम गर्ने जनाइएको छ । परम्परागत तारहरू भन्दा ईकोवायर जेडएच ९० र १८० मी वक्स प्याकहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । आगो लाग्दा यसमा कम धुवाँ तथा उत्सर्जनका कारण यो सबै खाले प्रयोजनका लागि उचित रहेको बताइएको छ । शून्य ह्यालोजन भएको नेपालको पहिलो तारको रूपमा, ईकोवायर जेडएचले सुरक्षित वातावरणमा योगदान पुयाउनुका साथै र विद्युतीय समाधानहरूमा सुरक्षा र जिम्मेवारीप्रति लिट्मस केबल्सको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने कम्पनीको दावी छ ।

लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी केवल निर्माता कम्पनी हो । जसले वि.स. २०३५ सालदेखि यो क्षेत्रमा काम गर्दै आइरहेको छ । सन् २०१४ देखि रमेश कर्प अन्तर्गतको संस्थाको रुपमा नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आइरहेको लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायहरू प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तरप्रति समर्पणका साथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।




Comments are closed.