राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘आरबिबिएल इभि लोन फेष्टिभ अफर’

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वलाई लक्षित भदौ २६ गतेदेखि लागु हुने गरि इभी लोन अफर सार्वजनिक गरेको छ ।

बैंकले ‘यो वर्षको फेष्टिभ जोन, आरबिबिको इभी लोन’ नारासहित फेष्टिभ अफर सार्वजनिक गरेको हो । पेट्रोलियम पदार्थको खपत घटाउन तथा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न अफर सार्वजनिक गरेको बैंकले जनाएको छ ।

footwear zone

अफर अन्तगर्त लोन लिदाँ ९.९५ प्रतिशत ब्याजदर रहने छ भने प्रशोधन शुल्क ०.२५ प्रतिशत रहने छ । अग्रिम भुक्तानी लागत मूल्यको २० प्रतिशत रहने र कर्जाको अधिकतम सिमा १ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकले आपुर्ती आदेश दिएको १५ दिन भित्र वा योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने छ ।

You might also like

Comments are closed.