काठमाडौं । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ । सम्झौतासँगै अनलाइन स्टोर दराजमा टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल उपलब्ध हुन थालेको छ ।
काठमाडौंस्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थिति र काठमाडौं उपत्यका भित्रका खुद्रा बिक्रेताहरु अनि देशभरका टाटा गुरुहरुको उपस्थितिमा सिप्रदी अटोपार्टस् प्रा.लि.का सिनियर जेनरल म्यानेजर युवराज बुढाथोकी र दराज अनलाइन स्टोरका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नबिन रानामगरबीच सहमति र सहकार्यको सम्झौता भएको हो ।
अब टाटा मोटर्सका ग्राहकहरुले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन ।

‘यसबाट ग्राहकवर्गहरु नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था रहने छैन र उचित मूल्यमा जेन्युइन पार्टसहरु प्राप्त गर्न सकिनेछ,’ सिप्रदी अटोपार्टस् प्रा.लि.का सिनियर जेनरल म्यानेजर युवराज बुढाथोकीले भने ।




Comments are closed.