टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक, टियागो इभीको मूल्य २२ लाख मात्रै (फोटो फिचर)

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा मंगलबार सुरु १५औ संस्करणको अटो शो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहरुको विक्री वितरण शुभारम्भ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री प्रकाशशरण महतले यी गाडीहरु सार्वजनिक गरेका हुन् ।

footwear zone

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य विशेषताहरु छन् । जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायीता छन् । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक छ । यस टियागो इभी सीमित अवधिका लागि सुरुवाती मूल्य २१ लाख ९९ हजार मात्रै राखिएको छ ।

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर छ । अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् ।

नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।

त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चमा आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा लगायतका विशेषता छन् । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।

‘नेपालकै प्रख्यात नाडा अटो सोमा भाग लिई टाटाका अत्याधुनिक गाडीहरु नेपाली ग्राहकहरु समक्ष प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं, टाटा मोटर्सको इन्टरनेशनल विजनेश हेड मयंक वाल्डीले भने, ‘हरित यातायातको विकासमा निरन्तर नयाँनयाँ आयामहरू थप्दै गर्ने हाम्रो प्रतिवद्धतालाई टाटा टियागो इभीले प्रतिनिधित्व गर्छ ।’

त्यसैगरी, टाटा पन्चले नेपाली बजारमा हाम्रो “एसयुभी पोर्टफोलियो” लाई थप बलियो एवं बृहत बनाउदै जाने प्रयासलाई दर्शाउने उनले बताए। ‘यी दुवै गाडीहरुले नेपाली ग्राहकहरुको मन र मस्तिष्कमा अमिट छाप छोड्ने छन् भन्नेमा टाटा पूर्ण आश्वस्त छ,’ उनले भने ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले टाटा टियागो इभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकवर्गको ड्राइभिङ अनुभवलाई नविन र दिगो ढंगले रुपान्तरण गर्ने साझा प्रतिवद्धताको प्रतिनिधित्व गर्ने बताए । ‘टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरवान्वित महशुस गर्दछ,’ उनले भने ।

यसैबीच नाडा अटो शोमा टाटाको स्टलमा दर्शक तथा अवलोकनकर्ताको आकर्षण देखिएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.