नाडा अटो शोको आज दोस्रो दिन, उद्घाटनको दिन दर्शकको उत्साहजनक उपस्थिति

काठमाडौं । भृकुटी मण्डपमा आयोजित नाडा अटो शो अन्तर्गत आज (बुधबार) दोस्रो दिन दर्शकको उत्साहजनक उपस्थिति हुने विश्वास गरिएको छ । उद्घाटनको दिन मंंगलबार अटो शोमा दर्शकको उपस्थिति बाक्लो रहेको संयोजक अनुपकुमार बरालले जानकारी दिए । ‘आज मंगलबार पनि अवलोकनकर्ताको भिड लाग्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

अटो शोको मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए ।

अटो शो भदौ ३१ आइतबारसम्म चल्नेछ ।

footwear zone

अटो शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता छ ।

प्रदर्शनीमा चार पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डको सहभागिता छ । ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

You might also like

Comments are closed.