नाडा अटो शोमा आकर्षण, २ दिनमा २० हजार ७ सय जनाले गरे अवलोकन

काठमाडौं । भृकुटी मण्डपमा जारी १५औं संस्करणको नाडा अटो शोमा दर्शक तथा अवलोकनकर्ताको आकर्षण देखिएको छ । संयोजक अनुप कुमार बरालका अनुसार २ दिनमा २० हजार २ सय जनाले अटो शोको प्रत्यक्ष अवलोकन गरेका छन् । त्यो संख्या मध्ये मंगलबार ८ हजार ५ सय जनाले र बुधबार ११ हजार ७ सय जनाले अवलोकन गरेका हुन् ।

‘प्राय सबै स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ,’ उनले भने, ‘दर्शकको सहभागिताले हामी उत्साही छौं । आगामी दिनमा दर्शकको उपस्थिति अझै बढ्नेमा हामी विश्वस्त छौं ।’

मंगलबार सुरु नाडा अटो शो भदौ ३१ आइतबारसम्म चल्नेछ । अटो शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता रहेको महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश)ले जानकारी दिए ।

footwear zone

प्रदर्शनीमा चार पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डलाई स्टलमा सजाइएको छ । ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

कोभिड महामारीका कारण ४ वर्षपछि नाडा अटो शो भएकाले पनि दर्शकको आकर्षण बढेको बताउँछन् अध्यक्ष थापा । ‘गत वर्ष इभी शो गरेका थियौं । नाटा अटो शो ४ वर्षपछि आयोजना भएको हो । त्यसैले यहाँ प्रदर्शनमा रहेका सबै ब्राण्डका गाडी तथा अन्य प्रडक्ट दर्शकका लागि नयाँ नै हुन्,’ थापाले भने ।

You might also like

Comments are closed.