टिभिएसले ल्यायो ‘हर मोडमा उमंग’ अफर

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । भदौ २८ गते शुरु भएको योजना सीमित समयावधिका लागि उपलब्ध हुने जनाइको छ ।

योजना अन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका छ । हरेक महिना १०० प्रतिशत क्याश ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले एक्चेन्जमा रु. १० हजार सम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत ईन्टरेस्ट र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधापनि दिएको । जीवनभरका लागि वारेन्टी सुविधापनि दिइने कम्पनीले बताएको छ । विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।

footwear zone

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

You might also like

Comments are closed.