एमएडब्लुको अफर ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ’

काठमाडौं । नेपालको यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ’ योजना ल्याएको छ । दसैं , तिहार तथा छठ पर्वलाई लक्षित गरि योजना ल्याउने तयारी गरिरहेको बताइएको छ। चाडपर्वको सिजनमा एमएडब्लुले ग्राहकका माझ यामाहा मोटरसाइकल र स्कुटर मार्फत स्पार्टीनेस, स्टाइल र एक्साइटमेन्ट र ल्याएको छ ।

यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना अन्तर्गत, यामाहाको कुनैपनि स्कुटर खरिद गर्दा रु ६००० देखि १ लाख सम्मको र बाइक खरिद गर्दा रु ८००० देखि १ लाख सम्मको स्युर–सट क्यासब्याक, लक्की ड्रद्वारा दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १४ को साप्ताहिक उपहार, र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका पाउन सक्ने बताइएको छ ।

‘हामी यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना प्रस्तुत गर्न पाउँदा खुसी छौं,’ एमएडब्लु टु ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने। ‘यस चाडपर्वको सिजनमा, हामीले हरेक राइडलाई असाधारण बनाउन र हाम्रा ग्राहकहरूको जीवनमा जादूको स्पर्श थप्ने लक्ष्य राखेका छौं। यामाहा सधैं स्पोर्तिनेस्स्, स्टाइल र एक्साईटमेन्टको पर्यायवाची रहेको छ, र यो योजना त्यही अनुभवलाई बढाउन डिजाइन गरिएको हो।’

footwear zone

यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देशमा रहेका यामाहाका सबै अधिकृत शोरुमहरूमा उपलब्ध छ । यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको छ ।

स्योर सर्ट क्यासब्याक, दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १४ को साप्ताहिक उपहार, र प्रत्येक महिना जापानको यात्रा लगायत विभिन्न अफरहरू सहित, यो योजना ग्राहकलाई अधिकतम लाभ दिनको लागि डिजाइन गरिएको हो। यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू इजी फाइनान्समा पनि लिन सक्नेछन् ।

 

You might also like

Comments are closed.