काठमाडौं । नेपाल युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा एंटरप्रेनररशिप बुट क्याम्प २०२३ सम्पन्न भएको छ । ३ दिनसम्म चलेको कार्यक्रममा नेपाल भरीबाट छनौट भएका २७ जना युवा क्याम्पमा सहभागि थिए ।
युवाको उद्दमशिलता विकासको लागि राजधानी बाहिर पहिलो पटक युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा एंटरप्रेनररशिप बुट क्याम्प भएको नेपाल युवा उद्यमी मन्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले बताए। उनले आम युवाहरुले आफ्नो देश भित्र नै अवसर देख्ने र सम्भावना खोज्नसक्ने युवा निर्माण गर्न बुट क्याम्प गरिएको बताए ।
क्याम्पको प्रमुख प्रशिक्षक पवित्रा गौतम थिइन् । त्यसैगरी तीन दिनमा विभिन्न प्रशिक्षकले आफ्नो अनुभव पनि सुनाएका थिए । प्रीज्मा एड्भरटाइजिङ काठमाडौका प्रमुख कार्यकारी अधिकृत रन्जित आचार्य, सुभाराम एग्रो फार्म प्राइभेट लिमिटेडका अनिल प्रसाद श्रेष्ठ, आई टी स्टीलका सृष्टी गुरुङ, मेटल कास्टका निश्चल शर्मा, सिद्धि विनायक फुड्सका निश्चल केसी, सिद्धार्थ इन्टरनेसनल कलेजका राम प्रसाद खरेल, काठमाडौं किङ्स कलेजका उद्गम खड्का , वोमन लिडरशिप इन टेक्नोलोजी काठमाडौंका नशला जोशी, एंटरप्रेनर ट्रेनर मुकुन्द ज्ञवालीले क्याम्पमा प्रशिक्षक दिएका थिए्र ।

कार्यक्रमको अन्तिम दिन नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष साहरा जोशीको प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, वुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु तथा अन्य पदाधिकारी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल लगायत उपस्थित थिए ।




Comments are closed.