पोखरा । पोखरा उद्योग वाणिज्य संघले चाडबाडलाई लक्षित गरी आफ्ना उत्पादन र सेवाहरुमा यथासक्य छुटको व्यवस्था गर्न र गुणस्तरीय सामानहरुको बिक्री–बितरणको व्यवस्था मिलाउनको लागि उद्योगी/व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
संघका महासचिव बलराम आचायद्वारा हस्ताक्षरित विज्ञप्तिमा कानूनले तोकेभन्दा बढी मुनाफा नलिन,उपभोक्ता अधिकारप्रति सचेत रहन आग्रह गर्दै म्याद गुज्रेका सामान खरिद–बिक्री नगर्न पनि आग्रह गरिएको छ ।
विज्ञप्तिमा चाडबाडको समयमा ‘मौषमी’ रुपले गरिने बजार अनुगमनबाट व्यवसायीहरुले असजह महसुस नगराओस् भन्दै अगाडि भनिएको छ,‘ समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम संचालन नहुनु,दुकान–कबलमा भीडभाड भएको बेला अनुगमन गरिनु तथा मानवीय स्वभाव वा असावधानीवशः भएका सामान्य त्रुटिमा टेकेर व्यवसायीको चरित्रहत्या हुने गरी प्रचार÷प्रसार गराउनुलाई न्यायोचित मान्न नसकिने हाम्रो ठहर छ ।’ विज्ञप्तिमा उद्योगी/व्यवसायीहरुको मानमर्दन हुने खालका व्यवहार नगर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण पनि गराइएको छ ।

नोटः प्रेस विज्ञप्तिमा पूर्ण पाठ
पोखरा उद्योग वाणिज्य संघ व्यापार÷व्यवसायमा आएको सिथिलताले निम्त्याएको असहज परिस्थितिप्रति गम्भीर रहेको र निराकरणको लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै आएको यहाँहरुलाई विदित नै छ । कठीन परिस्थिति र चुनौतीको सामनासँगै सहज समयको प्रतिक्षा उद्योगी÷व्यवसायीहरुको धर्म हो । हामी अनुकूल समयको प्रतिक्षामा छौं । यसै सन्दर्भमा चाडबाडहरु नजिकिएका छन् । नेपालीहरुको महान चाडबाडले सुस्ताएको व्यवसायलाई केही राहत प्रदान गर्नेछ भन्ने हाम्रो अपेक्षा छ ।
पोखरा उद्योग वाणिज्य संघ नजिकिएका चाडबाडलाई केन्द्रमा राख्दै उपभोक्ताबाट हुने सम्भावित मागको आपूर्तिको लागि तयार रहन, चाडबाडलाई लक्षित गरी आफ्ना उत्पादन र सेवाहरुमा यथासक्य छुटको व्यवस्था गर्न र गुणस्तरीय बस्तुहरुको बिक्री–बितरणको व्यवस्था मिलाउनको लागि उद्योगी÷व्यवसायीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
पोखरा उद्योग वाणिज्य संघ सदैव स्वतन्त्रतापूर्वक व्यवसाय गर्न र नाफा कमाउन पाउने संविधानप्रदत्त अधिकारको पक्षमा रहँदै आएको छ । हामी उपभोक्ता अधिकारप्रति पनि उत्तिकै सचेत छौं । जोखिम मोलेर व्यवसाय गर्नु, लागत मूल्यमा तोकिएको मुनाफा जोडेर बिक्री–वितरण गर्नु व्यवसायीहरुको अधिकार तथा कर्तव्य हो । तर, कानूनले तोकेभन्दा बढी मुनाफालाई पोखरा उद्योग वाणिज्य संघ निषेध गर्दछ ।
पोखरा उद्योग वाणिज्य संघ कानूनले तोकेभन्दा बढी मूल्य तथा उपभोग्य म्याद गुज्रेका सामान खरिद–बिक्री नगर्न उद्योगी÷व्यवसायीहरुसँग आग्रह पनि गर्दछौं । यसका साथै,चाडबाडको समयमा ‘मौषमी’ रुपले गरिने बजार अनुगमनबाट व्यवसायीहरुले असजह महसुस नगरुन् भन्ने हाम्रो चाहना छ । समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम संचालन नहुनु,दुकान–कबलमा भीडभाड भएको बेला अनुगमन गरिनु तथा मानवीय स्वभाव वा असावधानीवशः भएका सामान्य त्रुटिमा टेकेर व्यवसायीको चरित्रहत्या हुने गरी प्रचार÷प्रसार गराउनुलाई न्यायोचित मान्न नसकिने हाम्रो ठहर छ । अतः पोखरा उद्योग वाणिज्य संघ स्वच्छ व्यवसाय गर्न उद्योगी÷व्यवसायीहरुलाई आग्रह गर्दछ भने उद्योगी÷व्यवसायीहरुको मानमर्दन हुने खालका यस्ता व्यवहार प्रदर्शन नगर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँछ ।
बलराम आचार्य
महासचिव




Comments are closed.