सामाजिक सद्भाव विरुद्धका गतिविधि सामाजिक सञ्जालमा नराख्न प्रशासनको आग्रह

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो । भेलामा सहभागीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पु¥याउनेलगायतका गतिविधि प्रति चिन्ता व्यक्त गर्दै यसलाई निरुत्साहन गर्न जोड दिएका थिए । भेलामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

भेलाले जिल्लामा क्रियाशील पत्रकार र सञ्चारमाध्यमबाट सबैमा सकारात्मक सन्देश जाने खालका सूचना तथा सामग्री प्रकाशन गराउने पनि निर्णय गरेको छ ।

footwear zone

सर्वपक्षीय भेलामा विकास निर्माणका काममा भएका ढिलासुस्ती बारेमा सूचना आदानप्रदान गरी सम्बन्धित निकायलाई सजग गराउने निर्णयसमेत गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए । ‘सर्वपक्षीय भेलामा जिल्लामा भइरहेका पछिल्लो गतिविधिलगायत सबै विषयमा बृहत् छलफल भयो । जिल्लामा सञ्चालित विकास निर्माणका काममा निर्माण व्यवसायीको ढिलासुस्ती एवं लापर्वाही देखिएको छ’, उनले भने, ‘विकास निर्माणका काममा भइरहेको ढिलासुस्ती एवं लापर्वाहीका बारेमा सरोकारवाला पक्षबीच सूचना आदानप्रदान गरी सम्बन्धित निकायलाई सजग गराउने निर्णय गरिएको छ । प्रशासनले आयोजना गरेको यो सर्वपक्षीय भेलाले सकारात्मक सन्देश दिएको छ ।’

 

You might also like

Comments are closed.