काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। बिहीबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। बिहीबार प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।




Comments are closed.