मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे ओपिडि, आईपिडि र फार्मेसीमा विशेष १० % सम्म छुट प्राप्त गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंककोATM CARD  प्रयोग गरी नेपालभरी रहेको VISA NETWORK मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

footwear zone

 

You might also like

Comments are closed.