सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्सको नयाँ ब्राण्ड ‘गज्जबको मिठो’ बजारमा

काठमाडौं । सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा लिले नयाँ ब्राण्ड गज्जबको मिठो चाउचाउ बजारमा ल्याएको छ। कम्पनीद्वारा उत्पादित गज्जबको पिरो चाउचाउको अपार सफलता पछि कम्पनिले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको हो ।

कम्पनिका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउ भन्दा फरक स्वादमा उपलब्ध छ । यस चाउचाउमा कम्पनिले सिंगापुरको सिजनिंग प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिन सक्ने पनि कम्पनिको दावी छ ।

स्वादमा राम्रो, पौष्टिक र सबैको पहुँचमा हुने उत्कृष्ट गुणस्तरको चाउचाउ उत्पादन गर्ने उद्धेश्यले देशका प्रतिष्ठित उद्योगपतिको गौरवशाली नेतृत्वमा स्थापना भएको सिद्धि विनायक स्न्याक्स एण्ड नूडल्स प्रा लिले आफ्नो फ्ल्यागसिप ब्राण्ड गज्जबको बजारमा ल्याई आफ्नो उद्यम सुरु गरेको छ र भविष्यमा यसको ब्रान्ड पोर्टफोलियोलाई थप विस्तार गर्ने योजना रहेको छ । उपभोक्ताहरूले कम्पनीको व्यवहार, विश्वास र कार्यहरूमा इमान्दार र वैधानिक चासो राख्छन् र ब्रान्डहरू जसमा उपभोक्ताहरूले विश्वास गर्छन् र उपभोक्ताहरू बिना कम्पनीको अस्तित्व हुँदैन।

footwear zone

तसर्थ, उपभोक्ताको आवश्यकता पूरा गर्न र उनीहरूलाई उत्कृष्ट गुणस्तरको चाउचाउ उपलब्ध गराउन कम्पनीको प्लान्टमा असाधारण उच्च सुविधायुक्त मेसिनहरू उपलब्ध गराइएको जनाइएको छ । चाउचाउको बढ्दो मागलाई पूरा गर्न नेपाली उपभोक्ता र बजारको बदलिँदो स्वाद पूरा गर्ने कम्पनीको उद्धेश्य रहेको छ ।

You might also like

Comments are closed.