‘बाडौँ खुशी चढौँ सुजुकी’ योजनको पहिलो बम्पर बिजेता बने धरानका राजु

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले असोज २१ गते आइतबार दिन टेक सोरुममा गरेको फेसबुक लाइभमार्फत पहिलो बम्पर बिजेता घोषणा गरेको छ ।

धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट Access 125 cc BS6 खरिद गरेका थिए । यस योजना लागु भएदेखी प्रत्यक १५ दिनमा नेपाल भरका खरिदकर्तालाई समावेश गरी गरेको लक्की ड्र मार्फत राजु रिजाल पहिलो बिजेता बन्न सफल भएका छन् । राजु रिजालले पहिलो बम्परमार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् ।

चाडपर्वको अवसरमा सुजुकीले ल्याएको ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा रु १०,०००।– पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा रु १५,०००।– तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकले रु १०,०००।– थप मुल्याङ्गकन प्राप्त गर्नेछन् वा ०५ फाइनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ ।

footwear zone

यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.