काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडकोे सहकार्यमा शेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको गरेको छ ।
प्रभु क्यापिटलले आयोजना गरेको जनचेतनामूलक तालिम कार्यक्रम कास्कीको ग्रामीण भेग बिरेठाटीमा शनिबार र आइतबार गरी २ दिनसम्म चलेको थियो । कार्यक्रममा सर्वसाधारणहरुका लागि, प्रभु बैंक लिमिटेडको पोखरा एरियाका शाखाका प्रमुखहरु सहित कर्मचारीहरुको लागि र पोखरा थकाली समाजका अग्रज तथा युवावर्गलाई लक्षित गरी गरिएको थियो । बिरेठाटीमा करिब १२० जना सर्वसाधारणहरु, प्रभु बैंक लिमिटेडका करिब २५ जना तथा थकाली समाजका ५० भन्दा बढीको सहभागिता भएको जनाइएको छ ।
तालिम कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक शंकर प्रसाद रिमाल, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपानेको सहभागीता भएको थियो भने कार्यक्रमको समन्वय प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर तथा कम्पनी सचिव बासु थपलियाले गरेका थिए ।

प्रभु क्यापिटल लिमिटेडको कोष व्यवस्थापनका स्कीम म्यानेजर सौगात पन्तले लगानी सम्बन्धी जानकारी प्रदान गरेका थिए ।




Comments are closed.