यो हो पेनड्राइभ आकारको टुकी कम्प्युटर, टुकी प्रोजक्टर पनि नेपालमा

सुरेन्द्र पौडेल
पोखरा, ७ फागुन । टुकी ब्राण्डको प्रोजेक्टर नेपाल भित्रिएको छ । टुकी कोरियन कम्पनी हो । सिफ्ट टेक्नोलोजी प्रालिले टुकीलाई नेपाल भित्र्याएको हो । हालैमात्र नेपाल भित्रिएको टुकी ब्राण्डलाई देशका मुख्य शहरहरुमा आधिकारिक बिक्रेतामार्फत बिक्री सुरु गरिसकेको प्रालिका प्रवन्ध निर्देशक नविन कुमार श्रेष्ठले जानकारी दिए ।

‘अल्ट्रा सर्टथ्रो’ प्रविधिले नजिकबाट काम गर्न सकिने भएकाले टुकीका प्रोजेक्टरहरु निकै उपयोगी रहेको श्रेष्ठले बताए । ‘स्कुल, कलेज, व्यावसायिक प्रतिष्ठान तथा संघसंस्थाहरुका लागि टुकी प्रोजेक्टर निकै उपयोगी छ,’ उनले भने ।

कम्प्युटर भन्नेबित्तिकै ठूलो हुन्छ भन्ने हामीलाई लाग्छ । तर, टुकीले उत्पादन गर्दै आएको पेनड्राइभ आकारको कप्युटरलाई समेत सिफ्ट टेक्नोलोजी प्रालिले नेपालमा बिक्री सुरु गरिसकेको छ । ‘साह्रै सानो कम्म्प्युटर भएकाले पकेटमै राखेर हिड्न मिल्छ,’ उनले भने, ‘यो निकै उपयोगी छ ।’

footwear zone

कम्प्युटरलाई सिधै मोनिटर, टिभी, प्रोजेक्टरहरुमा जोड्न मिल्ने, सानो भएपनि साधारण कम्प्युटरले जस्तै काम गर्ने, थोरै बिजुलीबाट चल्ने तथा सजिलै बोकेर हिड्न सकिने भएकाले टुकी कम्प्युटर बढी उपयोगी रहेको श्रेष्ठको दावी छ । टुकीको सानो आकारको ल्यापटप पनि नेपाली बजारमा बिक्री भइरहेको श्रेष्ठले बताए ।

टुकीका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता जेनेक्स ट्रेडर्स हो । पोखरा क्षेत्रमा टुकी ब्राण्डको माग बढ्ने आफूहरुले विश्वास लिएको ट्रेडर्सका सञ्चालक नविन पौडेलले बताए । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित क्यान इन्फोटेकमा स्टल राखेर टुकीको प्रविधि तथा विशेषताबारे ग्राहकहरुलाई जानकारी दिइरहेको उनले जानकारी दिए ।

You might also like

Comments are closed.