युवा उद्यमी मञ्च पोखरा र गण्डकी युनिभर्सिटीबीच सहकार्य

पोखरा । युवा उद्यमशीलताको क्षेत्रमा सक्रिय सामाजिक संस्था नेपाली युवा उद्यमी मञ्च पोखरा र गण्डकी युनिभर्सिटीबीच सहकार्य हुने भएको छ । युवा उद्यमशीलता बृद्धिमा साझा लक्ष्य राखी सहकार्य गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

गण्डकी युनिभर्सिटीका कुलपति तथा प्रोफेसर गणेशमान गुरुङको उपस्थितिमा दुई पक्षबीच सम्झौता पत्रकार हस्ताक्षर भएको हो ।

उक्त अवसरमा बोल्दै कुलपति गुरुङले सम्झौताले उद्यमशीलतामा नयाँ आयम थप्ने र उद्यमशीलता सम्बन्धी भावी योजनाहरु तर्जुमा गरी छात्र छात्राहरुको उद्यममा थप सुविधा पुर्याउन आफूहरु तत्पर रहेको बताए ।

footwear zone

मञ्च पोखराका अध्यक्ष निरन केसीले युवा उद्यमशीलताका क्षेत्रमा मञ्चको सक्रियता रहेको बताउँदै युनिभर्सिटीसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताए ।

नेपाली युवाहरु विदेशिने क्रमलाई रोक्नका लागि युवाहरुलाई उद्यममा प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।

सम्झौता बमोजिम विभिन्न प्रोजेक्टमार्फत गण्डकी युनिभर्सिटीमा आवद्ध विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी कार्यक्रममा सहभागी गराउने केसीले प्रतिबद्धता जनाए ।

You might also like

Comments are closed.