काठमाडौं । दसैंलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज गतेदेखि कार्तिक ७ गतेसम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दसैं नमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।
हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बंैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।






Comments are closed.