एस. डि. सी. को शाखा पोखरामा

पोखरा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्ने लक्ष्यसहित इस्टडी डिस्टिनेसन सेन्टर (एस.डि.सी.)को शाखा पोखरामा सञ्चालनमा आएको छ । पोखराको न्युरोडमा खुलेको शाखाको आइतबार एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित खड्काले उद्घाटन गरे ।

कन्सल्टेन्सीवाट क्यानेडा, अस्ट्रेलिया, लन्डन, न्यूजिलेण्ड लगायतका विभिन्न देशमा उच्च शिक्षाको लागि जान चाहने विद्यार्थीले परामर्श लगायतको सेवा लिन सक्छन् । पोखरा तथा आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी शाखा विस्तार गरिएको हो ।

शाखा उद्घाटनको अवसरमा कात्तिक ३ गतेसम्म भर्ना हुने विद्यार्थीलाई प्रोसेसिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको प्रवन्ध निर्देशक माघुरी पौडेलले जानकारी दिइन् ।

footwear zone

शाखाको उद्घाटन कार्यक्रममा शिक्षासेवी कृष्ण के.सी., तारानाथ पोख्रेल, भलकराज पौडेल, पूर्व जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, समाससेवी मीनराज रेग्मी, शिक्षा क्षेत्रका अग्रज व्यक्तिहरु, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

शाखा उद्घाटनको दिन काउन्सिलर प्रल्हाद अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत अमित खड्काले ५० जना विद्यार्थीलाई निःशुल्क परामर्श प्रदान गरेका थिए ।

You might also like

Comments are closed.