होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले होटेल एन्ड होमसँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपाल भित्रका विभिन्न होटेलहरुमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्ने सेवाग्राहीले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नजिकिदै गरेको राष्ट्रिय चाड दसैं, तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छुट कात्तिकको अन्त्यसम्म लागु हुनेछ ।

आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सञ्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन् ।

footwear zone

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट बञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

२० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

You might also like

Comments are closed.