दसैंदेखि छठसम्म यतीमा उड्दा यात्रुलाई सानदार उपहार

काठमाडौं । दसैं, तिहार र छठ पर्वको अवसरमा यती एअरलाइन्सले आफ्ना यात्रुहरुलाई सानदार उपहारहरु दिने घोषणा गरेको छ ।

यती एअरलाइन्सले आफ्ना आधिकारिक सामाजिक सञ्जाल मार्फत् ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’योजना सार्वजनिक गर्दै असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते ९छठ पर्व० सम्मको अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा १ जनालाई द्यबवबव एगकिबच ल्क् द्दण्ण् द्यष्पभ दिने घोषणा गरेको हो ।

योजना अन्तर्गत प्रथम पुरस्कार बजाज पल्सर एनएस २०० बाइकरहेको छ । सोही योजनाअन्तर्गत दोस्रो बिजेताले Thai Lion  को तर्फबाट जोडीसहित बैंकक टुर र तेस्रो बिजेताले LG को वासिङ मेसिन र चौंथो बिजेताले श्रीबालाजी डाइमण्ड (SBD)को तर्फबाट हिराको टप जित्नेछन् । साथै, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता १ जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्धार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’पाउनेछन् ।

footwear zone

त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट Sureshot Prize  को रुपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा  In-Flight Entertainment Service प्रयोग गर्दै गर्दा Dashain Campaign Banner मा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ । सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय–समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

यो योजना आफ्ना यात्रुहरुबीच खुशी बाँडन र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ ।
योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरु घोषणा गरिने यती एअरलाइन्सले जानकारी दिएको छ ।

You might also like

Comments are closed.