पोखरा, २७ चैत
मासु व्यवसायी संघ कास्कीले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रमको खुल्ला सत्रमा भित्तेपात्रो विमोचन गरिएको थियो । गण्डकी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. मन बहादुर पुन र वरिष्ठ पशु चिकित्सक सुधिर थापाले संयुक्त रुपमा भित्ते पात्रो विमोचन गरेका छन् ।
निर्देशक डा. पुनले सघियता कार्यान्वयन पछि सेवामा संकुचन आएको वताए । ११ जिल्ला रहेको गण्डकी प्रदेशमा जम्मा ७ वटा कार्यालयवाट सेवा दिनु पर्ने भएपछि पहिला भन्दा प्रत्यक्ष सेवा प्रवाहमा कमी आएको निर्देशक पुनले वताए । अर्का वक्ता वरिष्ठ पशु चिकित्सक सुधिर थापाले उपभोक्ताको सहज जानकारीका लागि पोखराका मुख्य मुख्य चोक वजारमा डिजिटल मूल्य सूची राखिने वताए । यस्तै फ्रेस हाउसको वर्गिकरण गरिने पनि चिकित्सक तथा सूचना अधिकारी सुधिर थापाले वताए । थापाका अनुसार उत्कृष्ट फ्रेस हाउसलाई हरियो स्टिकर, मध्यम खालको फ्रेस हाउसलाई पंहेलो स्टिकर र तल्लो स्तरको फ्रेस हाउसलाई रातो स्टिकर लगाउने योजना अनुसार तयारी भइरहेको वताए ।

अन्तरक्रिया तथा क्यालेण्डर विमोचन कार्यक्रममा भारतीय सरकारले क्वारेन्टाइन नगरी पठाइएका अवैध खसी वोका नेपाल ल्याउन रोक लगाएपछि त्यसले पारेको प्रभाव र चुनौतीवारे छलफल गरिएको मासु व्यवसायी संघ कास्कीका अध्यक्ष गोविन्द तिवारीले वताए ।
कार्यक्रममा ज्ञान वहादुर श्रेष्ठ, फौद सिं भण्डारी, प्रेम प्रसाद पौडेल, सन्त भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष ज्ञानहरी आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । संघ कास्कीको अध्यक्ष गोविन्द तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राजेन्द्र तिमिल्सिनाले गरेका थिए ।




Comments are closed.