३ दिन बन्द रहेको मनकामना केबलकार नियमित सञ्चालनमा

 

मुग्लिन । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।

वडादसैंका अवसरमा दसैंमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए ।

footwear zone

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार ९चेरेस०बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

You might also like

Comments are closed.