काठमाडौं । सिस्नुपानी नेपालले बिगत वर्षहरुमा तिहारको अवसरमा आयोजना गर्दै आइरहेको ‘सिस्नुपानी देउसी कार्यक्रम’ यस वर्ष स्थगित गरेको छ । यही कात्तिक १७ गते राति जाजरकोट र रूकुम पश्चिम क्षेत्रमा गएको भूकम्पले त्यस क्षेत्रमा ठूूलो मात्रामा जनधनको क्षति गरेकोमा संस्थाले दुःख व्यक्त गर्दै यस वर्षको देउसी कार्यक्रम स्थगित गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘दुःखको यस घडीमा भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकहररूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगतहररूका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ महासचिव टङ्कराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सिस्नुपानी नेपालको बैठकले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा ५० हजार रुपैयाँ सहयोग उपलव्ध गराउने निर्णयसमेत गरेको छ ।

बिगत २५ वर्षदेखि हरेक वर्षको तिहारको सिस्नुपानी देउसी कार्यक्रम हुँदै आइरहेको थियो ।




Comments are closed.