नेपाली युवा उद्यमी मञ्च पोखराद्वारा भुकम्प पीडितका लागि रकम हस्तान्तरण

 

पोखरा । नेपाली युवा उद्यमि मञ्च पोखराले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जिल्ला स्थित तत्काल राहतको लागी रकम हस्तान्तरण गरेको छ । मञ्चले गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्राराज पाण्डे र प्रदेशसभा सदस्य बिन्दु कुमार थापालाई नगद रु २ लाखको चेक प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको छ ।

नेपाल सरकारद्वारा राहत सहयोगको लागी एकद्वार प्रणालि सिस्टम लागु गरे संगै मञ्चले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष निरन केसिले जानकारी दिए ।

footwear zone

साथै सरकारद्वारा राहत सहयोगको लागि लागु गरिएको एकद्वार प्रणालिको प्रशंसा गर्दै सरकारले पनि भुकम्प पिडितहरुको लागी तिब्र र तदारुपताका साथ राहत सामाग्री व्यवस्थापन गर्ने अपेक्षा व्यक्त गरे । आगामी दिनहरुमा पनि सरकारसंग हातेमालो गर्न यस संस्था कटिवद्द रहेको उनले बताए ।

 

You might also like

Comments are closed.