भूकम्पबाट पीडितको उद्दार एवं राहतका लागि सूर्य नेपालको एक करोड

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि सहयोग आउने क्रम जारी छ ।

यसैक्रममा सूर्य नेपालले कोषमा सहयोग गरेको छ ।

सूर्य नेपालका उपाध्यक्ष रबि केसी लगायत टिमले १ करोड रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गरेका हुन् ।

footwear zone

सामाजिक उत्तरदायित्व बहन गर्दै भूकम्प प्रभावितहरुको सहयोगार्थ रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

तस्बिरः प्रदीपराज वन्त

You might also like

Comments are closed.