पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यस वर्ष मंसिर २१ देखि राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० सञ्चालन हुने भएको छ । संघले पोखरामा वर्षेनी मेला आयोजना गर्दै आइरहेको छ । यस पटक मेलाको ३२औं संस्करण हुँदैछ ।
मेलाको तयारीलाई तिब्र बनाइएको संघका महासचिव बलराम आचार्यले जानकारी दिए ।
यसैक्रममा मेलको मुख्य प्रायोजनलाई नेपालको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले निरन्तरता दिएको छ । मेलालाई लक्ष्मी ग्रुपले बिगत ५ वर्षदेखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

मेलामा २ सय ५० वटास् टल रहने महासचिव आचार्यले जानकारी दिए । ‘उद्योग व्यवसायको प्रवर्द्धन तथा लगानीको अवसरहरुको सिर्जनामा संघले आयोजना गर्ने मेलाले विशेष योगदान पुर्याउनेछ,’ महासचिव आचार्यले भने ।

मेलाका लागि स्टल बुकिङ भइरहेको संघले जनाएको छ ।




Comments are closed.