काठमाडौं । काठमाडौंको नयाँबसपार्कस्थित सञ्चालित कान्तिपुर मलले मोटरसाइकल अफर सार्वजनिक गरेसँगै सामान किन्ने ग्राहकको भीड बढेको छ ।
विगत १८ वर्षदेखि होमल्याण्ड इनभेष्टमेन्ट कम्पनीद्वारा सञ्चालित उक्त मलले प्रत्येक वर्षजस्तै यसवर्ष पनि उपहार योजना सार्वजनिक गरेसँगै ग्राहकको भीड लागेको हो ।
मलले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दसैं तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गरेको हो ।

नयाँबसपार्क नेपालभरका सडकमार्गबाट काठमाडौं भित्रिने तथा बाहिरीने यात्रुको पहिलो गन्तव्यस्थल समेत हो । उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा दैनिक ५०० भन्दा बढी सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।
ग्राहकले रोजेजस्तै, खोजेजस्तै गुणस्तरीय सामान सुपथ मूल्यमा विक्रिवितरण गरेकाले पनि ग्राहकको आकर्षणबढेको मलका महाप्रबन्धक अमर निरौलाले बताए । “हामीले विस २०६४ सालदेखि कान्तिपुर मलमा बडादसैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा उपहार योजना निरन्तर रुपमा सञ्चालन गर्दै आएका छौँ,”उनले भने ।
ग्राहकले १ हजार रुपैयाँ भन्दा बढी मूल्यको सामाग्री कान्तिपुर मलमा खरिद गर्दा एउटा उपहार कुपन सित्तैमा पाउने र लक्की ड्रमार्फत विभिन्न मोटरसाइकलदेखि टिभीसम्म पुरस्कार पाउने व्यवस्था मिलाइएको महाप्रबन्धक निरौला बताले जानकारी दिए ।
उक्त मलले उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्धितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लीटरको फ्रिज रहेको छ । यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार घोषणा गरेको छ ।




Comments are closed.