काठमाडौं । ‘खल्ती’ ले आफ्ना प्रयोगकर्ताहरूका लागि बैंक लिंक भुक्तानीमा अरिजित सिंहको टिकट जित्ने मौका उपलब्ध गराएको छ । यस अफर अनुसार खल्तीसँग आफ्नो कुनै पनि बैंक खाता लिंक गरी १ सय रुपैयाँभन्दा माथिको भुक्तानीमा हरेक दिन एक जोडीले अरिजित सिंहको टिकट प्राप्त गर्नेछन् साथै पहिलो बैंक लिंक भुक्तानीमा तुरुन्तै १ सय रुपैयाँ बोनस पनि प्राप्त गर्ने छन् ।
यसका अतिरिक्त प्रयोगकर्ताहरूले ‘ सेन्ड मनी याट नो चार्ज’ अफर अन्तर्गत आफ्नो बैंक लिंक गरेको खाता बाट कुनै पनि अर्को बैंक खातामा बिना ट्रान्सफर चार्ज सजिलै निशुल्क पैसा पठाउन सक्नेछन्।
यस अफर बारे खल्तीका सीईओ विनय खड्काले भने , “डिजिटल भुक्तानीलाई सरल, सहज र भरपर्दो बनाउन हामी सधैँ लागि परेका छौँ। यसै अनुरूप हामीले बैंक लिंक सेवा पनि निकै अगाडि देखी आफ्ना प्रयोगकर्ताहरूलाई उपलब्ध गराउँदै आईरहेका छौँ। प्रयोगकर्ताहरूलाई बैंक लिंक सेवाका फाइदा बारे बुझाउँदै सेवा प्रति आकर्षित गर्न हामीले हाल यो अफर उपलब्ध गराएका छौँ।”

ISO 27001 : 2013बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ज्ञ लाख भन्दा बढी एजेन्ट, ६० हजार भन्दा मर्चेन्ट , ५० भन्दा बढी बैंक तथा वित्तिय संस्था, १५०० भन्दा बढी सहकारीहरू र ३०० भन्दा बढी कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिब, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।




Comments are closed.