पोखरा फुटवेयर बिजनेस सेन्टरमा लगन र जाडो मौसमलाई लक्षित गरी छुट अफर

पोखरा । जुत्ता चप्पल बिक्री वितरण गर्दै आइरहेको पोखरा फुटवेयर बिजनेस सेन्टरले बिबाहको सिजन र जाडो मौसमलाई लक्षित गरी छुट अफर सार्वजनिक गरेको छ ।

पोखरामा जुत्ता चप्पलहरुको संयुक्त शोरुम सञ्चालन गर्दै आएको बिजनेस सेन्टरले मंसिर महिनाभर लागु हुने गरी अफर ल्याएको सञ्चालक सुरज बञ्जाडेले जानकारी दिए ।

बिजनेस सेन्टरको सृजनाचोक शोरुम र सिद्धार्थचोक शोरुम दुवै ठाउँमो छुट अफर लागू हुने छ । अफर अन्तर्गत ग्राहकले १५ देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ ।

footwear zone

लगनलाई लक्षित गरी पार्टी सुज र जाडो मौषमलाई लक्षित गरी बुट र स्पोर्टस सुजका नयाँ मोडलसमेत बिजनेस सेन्टरमा उपलब्ध रहेको बन्जाडेले जानकारी दिए ।

उपभोक्तालाई राहत होस् भन्ने उद्देश्यले छुट प्रदान गरिएको र छुटबाट ग्राहकहरु लाभान्वित हुने विश्वास गरिएको छ ।

शोरुममा १० वटा कम्पनीको ३० भन्दा बढी ब्राण्डका जुत्ता चप्पलहरु उपलब्ध छन् ।

You might also like

Comments are closed.