माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्वारा शपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो ।

बैंकको मंसिर ७ गते बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले रोशन के.सीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनि एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तीय संस्था लगायत विभिन्न क्षेत्रमा पनि आबद्ध रहदैँ आएका छन् ।

footwear zone

You might also like

Comments are closed.