काठमाडौं । विशेष छुटको व्यवस्थासहित काठमाडौंको भृकुटीमण्डपमा जाडो मौसमलाई लक्षित गरी जुत्ता चप्पल मेला आयोजना गरिएको छ । ‘जाडोको बेला, भृकुटीमण्डपमा जुत्ता मेला’ आयोजना गरिएको आयोजक सबिन कार्कीले जानकारी दिए ।
जाडोको मौषमलाई लक्षित गरी नयाँ नयाँ मोडलका जुत्ता चप्पलहरु उपलब्ध गराउँदै मेला आयोजना गरिएको कार्कीले जानकारी दिए । मेलामा ग्राहकले ५० प्रशितसम्म छुट प्राप्त गर्न सक्ने आयोजकको भनाइ छ ।
नेपालका प्रतिष्ठित १० कम्पनीहरुको संयुक्त व्यवस्थापनमा आयोजित मेलामा जुत्ता चप्पल खरिद कर्ताहरुको आकर्षण देखिने आयोजकको विश्वास छ ।

मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै २ हजार मोडलका जुत्ता चप्पल उपलब्ध छन् ।
मेलामा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वर्ल्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुज, फुट स्टेपको सहभागिता छ ।
महिला, पुरुष, बालबालिकाका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल मेलामा उपलब्ध छन् । ‘एकै ठाउँमा धेरै प्रकारका जुत्ता चप्पल उपलब्ध हुँदा ग्राहकले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्नुहुन्छ,’ कार्कीले भने ।




Comments are closed.