सोमबार सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । सोेमबार पनि सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सामेबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो । लगातार बढिरहेको सुनको मूल्य सोमबार हालसम्मकै उच्च हो।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.