सि जि मोटर्सद्वारा ३ नयाँ शोरुम विस्तार

काठमाडौं । ग्राहकमाझ लोकप्रिय इभी नेटा भी , ११ सिटर सिजि केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले नेपालका तीन नयाँ स्थानमा शोरुम विस्तार गरेको छ।

झापाको बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढीमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सन्चालनमा ल्याएका हुन् । शोरुमका साथै ग्राहकको सुविधाका लागि तीनै स्थानमा सर्भिस स्टेशन पनि छिटै नै सन्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

सिजि मोटर्सले बिक्रि गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय रहेको छ । मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरु तथा ३८० किमिको रेन्जले गर्दा नेटा भी ग्राहकहरुको पहिलो रोजाइको रुपमा स्थापित भएको कम्पनीले जनाएको छ । १७० मि मि को ग्रोउन्ड क्ल्यिरेन्स भएको नेटा भि मा ८ बर्ष अथवा १५०००० हजार कि मि को वारेण्टी रहेको छ । साथै नेपालको सर्वाधिक बिक्रीहुने इे भि भ्यान सिजि केवाइसी तथा किङ्लोङ शहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरामा शोरुम संचालन गरेर बिक्री बितरण गर्दै आइरहेको छ।

footwear zone

कम्पनीले चाँडैनै बिराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुर मा बिस्तारित नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्ध गराउने बताइएको छ ।

You might also like

Comments are closed.