काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । त्यसैगरि तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
आज मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।




Comments are closed.