काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।




Comments are closed.