काठमाडौं । ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त भएका छन् । मंसिर २० गते बसेकोबैंकको सञ्चालक समितिको बैठकले ढकाललाई सीईओ नियुक्त गरेको हो । ढकालको कार्यकाल ४ वर्षको रहनेछ ।
ज्योति विकास बैंकमा कार्यरत ढकालले यसअघि एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्तको समेत अध्यक्षभएर काम गरेको अनुभव समेत ढकालसँग छ ।
डिलोइट इण्डिया र आईसीआईसी बैंक इण्डियामा काम गरेको अनुभव संगालेका ढकालले हाम्रो विकास बैंकको सीईओको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।




Comments are closed.