काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शक्रबारको तुलनामा आइतकार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको हो ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।




Comments are closed.