एन आई सी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर, जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंसिर महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले एन आई सी एशिया लघुवित्त वित्तीय सस्थाले दर्जन बढि बिद्यालयहरुका ३०० बढि विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो ।

विशेष गरेर कार्यक्रमले बालबालिका एवम् युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र वित्तीय सेवा र पहुँचको अवसरबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र वित्तीय कारोबार बारे अनभिज्ञ बिद्यार्थीलाई केन्द्र बिन्दुमा राख्नु मूल कर्तव्य ठानेर बालबालिकाहरुमा विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने मूल उदेश्य यस कार्यक्रमले राखेको छ । आगामी दिनमा पनि यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । संस्थाले हाल २८९ ओटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ ।

You might also like

Comments are closed.