कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स सर्भिसबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड बाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाईनान्स सर्भिस प्रा. लि. सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट  खाता, सेयर ट्रेडिङ खाता (TMS), सि -आस्वा  र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नसक्नेछन् । उक्त सेवा मार्फत् आफ्ना ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।

काठमाडौं- ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहक महानुभावहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

footwear zone

साथै,  ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

 

You might also like

Comments are closed.