होण्डा डियो१२५ को विक्री सुरु

काठमाडौं । नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रा. लि. ले अत्याधुनिक ’स्मार्ट’ प्रविधिहरु र थप ’पावर’ले भरपुर  होण्डा डियो १२५  स्कुटरको विक्री वितरण सुरु गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने होण्डाका दुईपाङ्ग्रे सवारीसाधनहरु मध्येमा ग्राहकद्वारा
अत्यधिक रुचाईएको होण्डा डियो  स्कुटरको पछिल्लो संस्करण होण्डा डियो१२५  वर्तमान प्रविधिमैत्री पुस्ताको आवस्यकता र सन्तुष्टिका लागि नविन विशेषता छन् ।

साथै, १२५ सीसी क्षमताको इञ्जिनका साथ ज्यलमब म्ष्यज्ञद्दछ रोमान्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्नेमा कम्पनी ढुक्क छ । ’स्मार्ट’ चाबीले ’अनलक’ र ’स्टार्ट’ हुने होण्डा डियो १२५  मा ’साईड स्ट्यान्ड’ लगाउँदा ’स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने PGM-FI सिस्टम लगायतका अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् ।

होण्डा डियो१२५  मा स्टार्ट गर्दा एकदमै कम आवाज आउने वातावरणमैत्री ACG प्रविधि पनि जडित छ । होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ प्रा. लि. ले होण्डा डियो १२५  को बुकिङ र विक्री धमाधम भैरहेको जनाएको छ । ‘NADA AUTO SHOW’ मा पहिलो पटक प्रदर्शनीमा राखिएको होण्डा डियो १२५ ले थुप्रै ग्राहकहरुको ध्यान तान्न सफल भएको थियो।

footwear zone

ग्राहकहरुको व्यग्र प्रतिक्षालाई पूर्णविराम लगाउँदै बजारमा आइपुगेको होण्डा डियो १२५, विज्ञापनहरुमा र अधिकारिक विक्रेताहरु कहाँ उपलब्ध QR CODE स्क्यान गरि सीमित समयका लागि, INTRODUCTORY मूल्य, मात्र रु.२ लाख ९९ हजार ९ सय रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । होण्डा नेपालको आधिकारिक वेबपेजमा गएर होण्डा डियो१२५ अग्रिम बुकिङ तथा खरिद गर्न सकिने छ ।

 

You might also like

Comments are closed.